Skip

Hamro Sanchar

कांग्रेसले पूर्णबहादुरलाई सोधेको स्‍पष्टीकरण फिर्ता लिदैछ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ ।

सानेपामा आज दिउँसो बस्ने अनुशासन समितिको बैठकले नेता खड्कालाई सोधेको सात दिने स्पष्टीकरण फिर्ता लिने भएको हो ।

उनलाई २ वैशाखमा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेका थियो ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको श्रोेतले बतायो ।

तथापि, खड्काले स्पष्टीकरण सोधने अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गरेका थिए ।

 

 


प्रतिकृया दिनुहोस्