
६ बैशाख, काठमाडौं । काठमाडौंको विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ
महानगरपालिका–१५, शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा पेस्तोल र गोली फेला परेको हो ।
पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ । बरामद पेस्तोल टाइप–५४ रहेको छ । सोही पेस्तोलको म्यागजिन ७ थान भेटिएको हो ।
महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले सफा गर्ने क्रममा आइतबार बिहान उक्त पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराइले जानकारी दिए ।
पेस्तोल रहेको सूचनापछि प्रहरी वृत्त स्वयम्भुको टोलीले पेस्तोल र गोली संकलन गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।
एसपी भट्टराईका अनुसार, पेस्तोल प्रहरीकै भए पनि जेनजी प्रदर्शनकै क्रममा नफालिएको र केही दिन अघि मात्रै फालिएको जस्तो देखिएको छ ।













