Skip

Hamro Sanchar

एम्बुलेन्सको ठक्करबाट हजुरबुवा र नातिको मृत्यु, दुईजना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


६ बैशाख, नेपालगन्ज । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बीएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा उनीहरूलाई ठक्कर दिएको थियो

ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सरोज पौडेलले जानकारी दिए ।

उनका अनुसार, योग शिविर चलिरहेको ठाउँमा जाँदै गरेको अवस्थामा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । ज्यान गुमाएका लामिछाने योग गुरु समेत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । घाइते दुवैजनाको उपचार नेपालगन्ज नर्सिङ होममा भइरहेको छ ।

घटनापछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्