Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकालाई इरानको चेतावनी : होर्मुज स्ट्रेटमा नाकाबन्दी नहटाइए आवतजावत बन्द गराउछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ६ गते


Advertisement

६ बैशाख, काठमाडौं । इरानले होर्मुज स्ट्रेटमा अमेरिकाले लगाएको नाकाबन्दी नहटाए यो मार्गमा प्रतिबन्धन नै लगाइने चेतावनी दिएको छ।

इरानी संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले बन्दरगाहमा नाकाबन्दी गरिनु ‘गलत’ र ‘अविवेकी’ निर्णय भनेका छन्।

इरानको सरकारी टीभीसँग कुरा गर्दै गालिबाफले भनेका छन्, ‘मैले पहिले नै भनिसकेको छु( यदि यो नाकाबन्दी हटाइएन भने होर्मुज स्ट्रेट मार्गमा आवतजावत नै निश्चित रूपमा बन्द गराइनेछ।’

आफ्नो भिडिओ सन्देशमा गालिबाफले होर्मुज स्ट्रेट इरानको नियन्त्रणमा रहेको दाबी गरेका छन्।

उनले अमेरिकाले होर्मुज स्ट्रेटबाट खानी हटाउने प्रयास गरेपछि इरानले कडा विरोध गरेको पनि उल्लेख गरेका छन्।

गालिबाफले भनेका छन्, ‘हामीले यसलाई युद्धविरामको उल्लंघन मानेका थियौँ र स्पष्ट रूपमा भनेका थियौँ-यदि त्यसो गरियो भने हामी आक्रमण गर्नेछौँ।’

गालिबाफले हालै पाकिस्तानको इस्लामाबादमा अमेरिकासँग भएको वार्तामा इरानको नेतृत्व गरेका थिए।


प्रतिकृया दिनुहोस्