Skip

Hamro Sanchar

ईश्वरी न्यौपाने अब कांग्रेसको साधारण सदस्य मात्रै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ५ गते


५ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि पूर्व केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीको साधारण सदस्य मात्रै रहने घोषणा गरेकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो घोषणा गरेकी हुन् । कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शुक्रबा राति विशेष महाधिवेशन पक्षमा फैसला गरेको थियो ।

सर्वोच्च अदालतले अन्तिम सुनवाइ गर्दै सभापति थापा नेतृत्वकै कांग्रेसलाई सदर गरेको हो ।

न्यौपानेले अहिले कांग्रेस अत्यन्तै कठिन मोडमा रहेको बताउँदै एकता र सहकार्यको विकल्प नरहेको समेत बताएकी छन् ।


प्रतिकृया दिनुहोस्