Skip

Hamro Sanchar

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल आउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ५ गते


काठमाडौँ । भारतका विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तयारी भइरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी सोमवार औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारको यो अवधिमा अहिलेसम्मको उच्चस्तरीय भ्रमण रहेको मानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेको रूपमा चिनिएका कपुर दक्षिण तथा मध्य एसिया पनि हेर्ने गरेका छन्।

राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर २०८१ फागुनमा कपुरलाई नियुक्त गरेका थिए ।

उनी नियुक्त भएपछि भारतीय मूलका भनी निकै चर्चा भएको थियो । उनको जन्म भारतमा भएको हो । बुवा भारतीय हुन् भने आमा अमेरिकी मूलका हुन् ।

तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गरिसकेका थिए । नेपालमा एमसीसी लागु गराउनमा उनको ठुलो भूमिका रहेको चर्चा हुने गरेको छ ।

 


प्रतिकृया दिनुहोस्