Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्णबहादुर खड्काले किन बोलाए असन्तुष्ट पक्षको बैठक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ५ गते


Advertisement

५ बैशाख, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालतले आधिकारिक मान्यता प्रदान गरेपछि कांग्रेसको असन्तुपष्ट पक्षले बैठक बोलाएको छ।

कांग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार दिउँसो बस्नेगरि बैठक बोलाएका हुन्।

बैठक दिउँसो ४ बजे खड्का निवासमा बस्ने नेता प्रकाशशरण महतले बताए।

शुक्रबार राति सर्वोच्चले गत पुसमा भएको विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता प्रधान गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।

सर्वोच्च अदालतले निवर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति खड्काले दायर गरेको रिटसमेत खारेज गरिदिएको छ।

बिहीबार र शुक्रबारको सुनुवाइपछि न्यायाधिश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश दिएसँगै कांग्रेसको असन्तुष्ट पक्ष अब कसरी अघि बढ्ने अन्योलमा छ।

सर्वोच्चको आदेशपछि नेता प्रकाशशरण महतले अब सभापति गगन थापाले असन्तुष्ट सबैलाई मिलाएर लैजानु पर्ने अभिव्यक्ति दिएका छन्।


प्रतिकृया दिनुहोस्