
४ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुस्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिबीच भेटवार्ता भएको छ ।
अस्पतालमा उपचाररत ओलीलाई भेट्न नेकपाका प्रचण्ड टिचिङ अस्पताल पुगेका हुन् ।
पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए
नेकपा नेताहरुका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। एमाले-नेकपा एकीकरणको चर्चा भइरहँदा शीर्ष नेतृत्वबीच भेटवार्ता भएको विषयलाई अर्थपूर्ण मानिएको छ ।














