
३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग साढे ५ घण्टा छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि दुई घण्टाको समय छुट्याइएको थियो ।
तर, प्रधानमन्त्रीले धैर्यतापूवर्क साढे पाँच घण्टासम्म आफूहरूका कुरा सुनेको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् ।
उनका अनुसार मुख्यमन्त्रीहरूको कुरा सुनेपछि प्रधानमन्त्री बालेनले संक्षेपमा आफ्नो कुरा राखेका थिए ।
उनले नागरिकका अपेक्षा पूरा गर्ने गरी संघ र प्रदेश सरकारहरूले काम गर्न आवश्यक रहेको बताएका थिए ।
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलमा बोलाएका थिए । तर, कोशी र सुदूरपश्चिमबाहेकका मुख्यमन्त्री छलफलमा सहभागी रहे ।














