Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मूल्यवृद्धिविरूद्ध विद्यार्थी संगठनहरू सडकमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३ गते


Advertisement

३ बैशाख, काठमाडौं । पछिल्लो समय बढ्दो मूल्यवृद्धिको विरोध गर्दै विभिन्न विद्यार्थी संगठनहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्।

पेट्रोलियम पदार्थ तथा यातायात भाडा बढेको भन्दै विद्यार्थीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरूले मूल्यवृद्धि तत्काल फिर्ता लिन, बजार अनुगमन कडा बनाउन र सर्वसाधारणको जीवनयापन सहज बनाउन माग गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले मूल्यवृद्धिका कारण विद्यार्थी, मजदुर तथा निम्न आय भएका नागरिक सबैभन्दा बढी प्रभावित भएको बताएका छन्।

उनीहरूले सरकार जनताको समस्याप्रति संवेदनशील हुनुपर्ने र मूल्य नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्