Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अब भिजिट भिसाको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई कारबाही हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३ गते


Advertisement

काठमाडौँ। अध्यागमन विभागले भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको पासपोर्टमा ‘काम गर्न मनाही’ लेख्नेलाई कारबाही गर्ने भएको छ।

विभागले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ,’कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ।’

विभागले विदेश जाँदा विभिन्न तहमा हुने ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले सक्दो प्रयास गरिरहेको ‍जनाएको छ।

विभागका अनुसार नेपाल सरकारको गत १३ कार्तिकको निर्णयानुसार भिजिट भिसामा जाने नेपाली नागरिकले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको छ।

 


प्रतिकृया दिनुहोस्