
३ चैत, काठमाडौं । प्रतिनिधि सभा सांसद हर्क साम्पाङले नेपालमा बढ्दो भ्रष्टाचार र लुटको खेती अन्त्य गर्न निजी सम्पत्तिको हदबन्दी लगाउनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो नै भ्रष्टाचार नियन्त्रणको अन्तिम उपाय भएको बताएका हुन् ।
साम्पाङले लेखेका छन, भ्रष्टाचार र लुटको खेती नमासिने भयो ! यो देशमा निजी सम्पत्तिको हदबन्दी शुरु गरिनु पर्छ! यही एउटा अन्तिम उपाय देखियो! नत्र २०० तोला हुँदै २०० केही सुनको कथा आइ नै रहने देखियो !
हालै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि केही मन्त्रीसँग ठूलो परिमाणमा सुन र नगद देखिएको सन्दर्भमा साम्पाङको यस्तो अभिव्यक्ति आएको हो।
उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्दै आफूसँग ४-५ तोला सुन र २-४ लाख रुपैयाँ मात्र रहेको बताएका थिए।
साम्पाङको यो मागले सम्पत्तिको पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा नयाँ बहस सिर्जना गरेको छ ।















