Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्ण बहादुर खड्कालाई कांगेसले सोध्यो स्पष्टीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २ गते


Advertisement

२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो।

त्यसपछि पुनस् चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको बताएका थिए । साथै, उनले प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।

सो कार्य पार्टीको विधान विपरीत भएको भन्दै विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ)बमोजिम ७ दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो।


प्रतिकृया दिनुहोस्