Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई रक्षा बमको प्रश्न : राष्ट्रलाई सम्बोधन कहिले ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २ गते


२ बैशाख, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा सम्बोधन गर्न आग्रह गर्दै प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म आफ्नो धारणा सार्वजनिक रूपमा राख्न नसकेको उल्लेख गर्दै असन्तुष्टि जनाएकी हुन्।

चुनावपछिको अवस्थामा जनतालाई धन्यवाद दिनु र परिवर्तनबारे सम्बोधन गर्नु प्रधानमन्त्रीको जिम्मेवारी भएको उनको भनाइ छ।

बमले लेखेकी छन् कुरा कम, काम बढी’ भन्ने सोच व्यक्तिगत हुन सक्ने भए पनि संसद्‌मार्फत राष्ट्रलाई सम्बोधन गर्नु नेतृत्वको कर्तव्य हो । लोकतान्त्रिक व्यवस्थामा नेताको व्यक्तिगत शैलीभन्दा लोकतान्त्रिक मूल्य र अभ्यास महत्वपूर्ण हुने उनले उल्लेख गरेकी छन्।

 


प्रतिकृया दिनुहोस्