Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले आज गर्दैछन् सबै समानुपातिक सांसदसँग अन्तरक्रिया

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २ गते


२ बैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्‌मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा सांसदहरूले आ-आफ्ना ‘क्लस्टर’का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने तय भएको छ ।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्