Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको एक महिने जरा अभियान सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १ गते


Advertisement

१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको एक महिने जरा अभियान सुरु भएको छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गरेका हुन्।

सभापति थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी शुभारम्भ गरेका हुन्। अभियान वैशाख मसान्तसम्म जारी रहने जनाइएको छ।

यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।


प्रतिकृया दिनुहोस्