Skip

Hamro Sanchar

त्रिवि शिक्षण अस्पतालले पनि दुई दिन सार्वजनिक बिदा दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २६ गते


२६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले साताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार र आइतबार दुई दिन नै बिदा दिने एक सूचना मार्फत जानकारी दिएको छ ।

अस्पताल प्रशासनका अनुसार सरकारको निर्णय बमोजिम त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको हो ।

शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । ।

बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुनेछ ।


प्रतिकृया दिनुहोस्