
२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन)जाँदा थप कागजात अनिवार्य गरिएको छ ।
वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने भएको छ ।
तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा राख्न अनुरोध गरेको छ ।
सूचनाअनुसार श्रमिकले गन्तव्य मुलुकसम्मको हवाई टिकट सो टिकटको बिलररसिद (संस्थागत तथा व्यक्तिगत दुवै) देखाउनुपर्नेछ । त्यस्तै म्यानपावर कम्पनीमार्फत जाने भए सो संस्थालाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद समेत अनिवार्य गरिएको छ ।
विभागले सबै इजाजतप्राप्त संस्थालाई वैदेशिक रोजगारीसम्बन्धी सेवा शुल्क लिँदा श्रमिकलाई अनिवार्य रूपमा भौचरररसिद उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
विभागले श्रमिकलाई आवश्यक कागजात पूरा गरेर मात्रै विमानस्थल जान आग्रह गर्दै नियम पालना नगर्दा यात्रा प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।














