Skip

Hamro Sanchar

यातायातमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारीमा सरकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


२४ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै यातायातमा जोरबिजो प्रणाली लागु गर्ने तयारी गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आवश्यक परेको खण्डमा जोर-बिजोर प्रणाली लागू हुनसक्ने बताएकी हुन् ।

उनले ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन पनि आह्वान गरेकी छन्। ऊर्जा बचत गर्न थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताएकी छन् ।


प्रतिकृया दिनुहोस्