
२३ चैत, काठमाडौं । नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा
निर्विरोध निर्वाचित भएकी छिन् ।
आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् ।
एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लगायतका सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।














