Skip

Hamro Sanchar

व्यवसायीलाई अर्थमन्त्रीले भने : सरकारले धरपकड गर्दैन, ढुक्क भएर व्यापार गर्नुहोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री डा।वाग्लेले यस्तो बताएका हुन् ।

“सरकारले धरपकड गर्ने कुनै नीति छैन,” उनले भने, “ढुक्क भएर व्यापार व्यवसाय गर्नुहोस् ।”

उनले सेयर बजारमा सम्पत्ति कहाँबाट ल्यायौ ? भनेर सोध्नै नपर्ने बताउँदै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न पनि सरकारले केही काम गर्नैपर्ने अवस्था रहेको बताएका थिए ।

“अहिले बजार घटेको भए पनि आत्तिनुपर्ने अवस्था छैन,” उनले भने, “सुनौला दिन आउनेछन् । लगानीकर्ताले अध्ययन गरे पनि हुन्छ । सेयर बजारप्रति यो सरकार उदार छ ।


प्रतिकृया दिनुहोस्