
२३ चैत, काठमाडौं । आज सर्वदलीय बैठक बस्दै छ । संघिय संसद सचिवालयको आह्वानमा बिहान ११ बजे बैठक बस्ने भएको हो ।
बैठकले संसद सञ्चालनमा दलहरुबीच सहमती जुटाउने र आगामी कार्यसूची तय गरिने भएको छ ।
साथै आजबस्ने बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेश भएका ३ वटा अध्यादेशलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।














