Skip

Hamro Sanchar

अबदेखि सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजेसम्म खुल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २२ गते


२२ चैत, काठमाडौं । अबदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ ।

त्यस्तै, सरकारले भोलिबाट लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ ।

पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ ।


प्रतिकृया दिनुहोस्