
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा ड्रोनको टुक्रा खस्दा घाइते भएका ७ जना नेपाली खतरामुक्त भएका छन् ।
युएइस्थित नेपाली दुतावासका अनुसार घाइतेमध्य २ जना निको भएर डिस्चार्ज समेत भइसकेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार दुतावासले घाइते ७ जनासँग फोनमार्फत जानकारी लिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले घाइते मध्य १ जनाको अवस्था गम्भीर भनिएपनि सबै खतरामुक्त रहेको जानकारी दिएका छन् ।
शुक्रबार अबुधाबीको अजबन क्षेत्रमा उक्त घटना भएको हो । घटनामा ५ जना भारतीय पनि घाइते भएका थिए ।














