Skip

Hamro Sanchar

फेवाताल किनारका अस्थायी संरचनामा बिहानै चल्लो डोजर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २१ गते


काठमाडौं । पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर लगाइएको छ ।

गृह मन्त्रालयको निर्देशन अनुसार आज बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।

यस्तै, चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित होटल वाटर फ्रन्टमा पनि डोजर चलेको छ । वाटर फ्रन्टको स्विमिङ पुल, गेट लगायत संरचनामा शनिबार बिहानै प्रहरीले डोजर चलाएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको छ ।

संरचना भत्काउन थालेपछि केही स्थानीयले असहमति जनाएका छन् । केही दिन पहिले प्रधानमन्त्री वालेन्द्र शाह र मेयर धनराज आचार्यबीच फेवालातको विषयमा टेलिफोनमा कुराकानी भएको थियो ।


प्रतिकृया दिनुहोस्