Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सभामुख पदका लागी डीपी अर्यालले गराए उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन्।

सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ।

बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।

अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।

 


प्रतिकृया दिनुहोस्