Skip

Hamro Sanchar

सरकारको विरोधबारे एमालेले शैली सच्चाउनुपर्छ : सुहाङ नेम्वाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारको विरोधबारे पार्टीले शैली सच्याउनुपर्ने बताएका छन्।

संसदीय दलमा नेता चयनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रतिपक्षीको हिसाबमा एमालेले सरकारलाई रचनात्मक सहयोगसँगै खबरदारी पनि गर्नुपर्छ । हालको विरोध शैली एमालेले सच्याउनुपर्छ,उनले भने ।

अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध एमाले देशभर आन्दोलनमा रहेका बेला नेम्वाङले यस्तो बताएका हुन् ।

यस्तै, उनले संसदीय दलको नेतामा आफूभन्दा अर्को उमेदवार योग्य भएको पुष्टि भएको प्रतिक्रिया दिए ।

संसदीय दलमा नेता रामबहादुर थापा बादल निर्विरोध निर्वाचितसँगै नेम्वाङको यस्तो प्रतिक्रिया आएको हो । संसदीय दलको नेतामा प्रतिस्पर्धाका लागि उनले प्रस्ताव र समर्थकसम्म प्राप्त गरेनन् ।

नेता चयनपछि उनले भने,पार्टीभित्र लोकतान्त्रिक मूल्याङ्कनको अभ्यास प्रयास मात्र गरेका हौँ । कतैबाट दबाब परेको छैन । मैले अपेक्षा गरे अनुसार भएन । अर्को उमेदवार योग्य भएको पुष्टि भयो, उनले भने ।


प्रतिकृया दिनुहोस्