
काठमाडौं । डिजिटल हिंसामा परेको भन्दै अमिशा पराजुलि प्रहरीको साइबर ब्युरो पुगेर उजुरी दिएकी छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध प्रदर्शनमा जाँदा आफूमाथि डिजिटल हिंसा भएको भन्दै उनी आज ब्युरो पुगेकी हुन् ।
आफूमाथि डिजिटल हिंसा गर्नेलाई कानुनी दायरामा ल्याउने उनको भनाइ छ ।
विभिन्न सामाजि सञ्जालमार्फत धाकधम्कीसमेत आउने गरेको पराजुलीले बताएकी छिन् ।














