
काठमाडौं । अमेरिकी सरकारले नेपालका लागि जारी गर्दै आएको ट्राभल एड्भाइजरीुको स्तरमा उल्लेख्य सुधार गरेको छ।
अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मंगलबार एक सूचना जारी गर्दै नेपालको सुरक्षा जोखिमलाई लेभल ३ (पुनर्विचार गर्ने)बाट घटाएर लेभल २ मा झारेको हो।
अद्यावधिक गरिएको एड्भाइजरीमा नेपालमा अब ुथप सावधानी अपनाउनु पर्नेु श्रेणीमा राखिएको छ।
वासिङ्टनस्थित स्टेट डिपार्टमेन्टले आफ्नो संशोधित सारांशमा भनेको छ, एडभाइजरीको स्तर घटाएर लेभल-२ मा झारिएको छ।
नेपालको आन्तरिक सुरक्षा र राजनीतिक स्थिरतामा आएको सुधारपछि अमेरिकाले यो निर्णय गरेको देखिन्छ।
सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा स्थिति स्थिर छ, स्टेट डिपार्टमेन्टको एड्भाइजरीमा भनिएको छ। यद्यपि, नागरिक अशान्तिको जोखिम अझै पूर्ण रूपमा टरिनसकेकाले लेभल २ कायम राखिएको देखिन्छ।
विशेषगरी सहरी क्षेत्रहरूमा अझै पनि प्रदर्शन र स्थानीय स्तरमा अशान्ति हुन सक्ने भन्दै अमेरिकी नागरिकलाई सचेत गराइएको छ।
एड्भाइजरीमा भनिएको छ, प्रदर्शनहरू कुनै पूर्वसूचना बिना नै सुरु हुन सक्छन् र ती छिट्टै हिंसात्मक बन्न सक्छन्। त्यसैले ठूला भीडभाडबाट टाढा रहनुहोस् र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्नुहोस्।
अमेरिकाले दिने ट्राभल एड्भाइजरीलाई विश्वभरका पर्यटक तथा लगानीकर्ताहरूले पनि प्राथमिकताका साथ हेर्ने गर्छन्। सन् २०२५ को राजनीतिक अस्थिरतापछि अमेरिकाले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको थियो ।














