
काठमाडौं । संसद् सचिवालयको आह्वानमा पहिलो सर्वदलीय बैठक सुरु भएको छ। सिंहदबारस्थित महासचिव पद्यप्रसाद पाण्डेयको कार्यकक्षमा केहीबेर अघिबाट बैठक बसिरहेको छ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संसद् सचिवालयका अधिकारीहरु सहभागी हुनछन्।
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रकाशचन्द्र परियार सहभागी छन्।
नेकपाबाट नेता वर्षमान पुन, राप्रपाबाट खुस्बु वली, श्रम संस्कृतिबाट आरेन राईलगायत सहभागी छन्।
प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननसिंह केसीको अध्यक्षतामा बसेको बैठकमा कानूनमन्त्री सोविता गौतम पनि सहभागी छिन्।














