Skip

Hamro Sanchar

मुग्लिन-नागढुंगा सडक आजदेखि ३ दिन रातिमा बन्द हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


काठमाडौं । मुग्लिन-नागढुंगा सडक आज (चैत १७) देखि तीन दिन रातको समयमा बन्द हुने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण सो क्षेत्रमा रातको समयमा ६ घण्टा बन्द गरिने भएको छ ।

पटक-पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।


प्रतिकृया दिनुहोस्