
१७ चैत, काठमाडौँ । दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल)को गाडीमा विस्फोट हुँदा दुई शान्ति सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बानी हय्यान गाउँ नजिक भएको विस्फोटपछि गाडी क्षतिग्रस्त भएको युनिफिलले जनाएको छ। घटनापछि सुरक्षाको विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।
इन्डोनेसियाको विदेश मन्त्रालयले मृतक आफ्ना नागरिक भएको पुष्टि गर्दै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेको छ।
अन्य इन्डोनेसियाली सैनिकहरू घाइते भएको पनि बताइएको छ।














