Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


Advertisement

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले आइतबार बिहान खड्कालाई अनुसन्धान गर्न पक्राउ गरेको थियो। उनको बयान लिन सुरू समेत भइसकेको छ।

‘दिपक खड्‌काको आज बयान कार्य सुरू भए पनि उनी विरूद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउने समेतका अनुसन्धान सम्बन्धी कार्यहरू बाँकी नै रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा दिपक खड्‌कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि आइतबारदेखि लागू हुने गरी ७ दिनको म्याद थपको अनुमति प्रदान गरिदिए‌को छ,’ अदालतको आदेशमा भनिएको छ।

खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको हो।


प्रतिकृया दिनुहोस्