
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक दिनमै श्रम स्वीकृति दिने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाउँदै एक दिनमै श्रम स्वीकृतिको प्रबन्ध गरेको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण पनि डिजिटल माध्यबाट प्रदान गरिने भएको छ ।
श्रमिकहरूको अभिमुखीकरण अब पूर्णरुपमा अनलाइनबाट गरिने छ, निर्णयमा भनिएको छ ।
मन्त्रालयले श्रमिकको न्यूनतम ज्यालाको कार्यान्वयन पनि गर्ने भएको छ ।
यस्तै, औद्योगिक क्षेत्रहरूमा जोखिम मूल्याङ्कन गरी श्रमिकको स्वास्थ्य तथा सुरक्षाको प्रवर्द्धन पनि गर्ने मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारले थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने निर्णय लिएको छ ।














