Skip

Hamro Sanchar

कान्तिपुर एकेडेमी र समिट टेक्नोलोजीबीच समझदारी: विद्यार्थी आदान-प्रदानदेखि डिजिटल शिक्षासम्म

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ मा रहेको कान्तिपुर एकेडेमी र अमेरिकास्थित समिट टेक्नोलोजी एकेडेमीबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता पत्रमामा हस्ताक्षर गरिएको छ।

समिट टेक्नोलोजीका प्रमुख जेरेमी बोनेसेन र कान्तिपुर एकेडेमीका प्रमुख कबिर शर्माले एक कार्यक्रमकाबीच सम्झौतामा हस्ताक्षर गरेका थिए।

कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा सम्पन्न उक्त समझदारीले दुई देशका शैक्षिक संस्थाबीच सहकार्यलाई थप मजबुत बनाउने नगरप्रमुख उपेन्द्र कार्कीले बताउनुभयो। यस अवसरमा नगरप्रमुख कार्कीले यस्तो अन्तर्राष्ट्रिय सहकार्यले स्थानीय तहको शिक्षालाई विश्वस्तरमा जोड्ने महत्वपूर्ण आधार तयार पार्ने बताउनुभयो। उहाँले विद्यार्थी तथा शिक्षकका लागि नयाँ अवसर सिर्जना हुने र प्रविधिमैत्री शिक्षाको विकासमा यसले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सम्झौताअनुसार दुवै संस्थाले विद्यार्थी आदान–प्रदान, प्राविधिक सहकार्य, तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा संयुक्त रूपमा काम गर्नेछन्।

सम्झौतामा पाठ्यक्रम विकास, डिजिटल सिकाइ, इन्टर्नसिप तथा क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ। यसले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको कान्तिपुर एकेडेमीका प्रमुख शर्माले बताउनुभयो।

यस्तै समिट टेक्नोलोजीका प्रमुख बोनेसेनले नेपालसँगको सहकार्यलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै यसले विद्यार्थीलाई विश्वस्तरीय सीप र अनुभव प्रदान गर्ने बताउनुभयो। उहाँले दुवै संस्थाबीचको साझेदारीले नवप्रवर्तन, प्रविधि र व्यावहारिक शिक्षामा केन्द्रित कार्यक्रमहरूलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित पक्षहरूले यस समझदारीले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यमा शैक्षिक उत्कृष्टता, सीप विकास तथा प्रविधिगत प्रगतिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि, उक्त समझदारी कानुनी रूपमा बाध्यकारी भने नहुने जनाइएको छ।

उक्त समझदारी आजैदेखि कार्यान्वयनमा आउनेछ।

सम्झौता कार्यक्रममा अमेरिकास्थित ह्यारिसनभिल सिटीका प्रमुख माइक जारिङ, ब्रायन हेजेज, पूर्व शिक्षा मन्त्री देबी प्रसाद ओझा, शिक्षा मन्त्रालय पूर्व सचिव जनार्दन नेपाल, संविधान सभा सदस्य दीपक कुइकेल लगायतको उपस्थिति रहेको थियो।


प्रतिकृया दिनुहोस्