Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अध्यक्ष ओली पक्राउको विरोधमा आज पनि काठमाडौंमा एमालेको प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


Advertisement

काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले कार्यकर्ताहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

आज दिउँसो माइतीघर मण्डलदेखि बबरमहलसम्म एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै उक्त प्रतिवेदनमा कारबाही सिफारिस गरिएका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अदालत पेस गरेको छ।

एमाले सचिवालय बैठकले प्रतिशोधपूर्ण तरिकाले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरिएको भन्दै शनिबार पनि प्रदर्शन गरेको थियो।

आज पनि काठमाडौंसहित देशका विभिन्न जिल्लाहरूमा एमालेले प्रदर्शन गरेको छ ।


प्रतिकृया दिनुहोस्