Skip

Hamro Sanchar

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौं जिल्ला अदालत पुगेर रविले बुझे तारेख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १५ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालत बबरमहल पुगेर तारेख बुझेका छन् । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् ।

उनको सचिवालयका अनुसार आज बिहान उनी अदालत पुगेर तारेख बुझेका हुन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।


प्रतिकृया दिनुहोस्