Skip

Hamro Sanchar

अर्थमा स्वर्णिम र परराष्ट्रमा शिशिर खनाल मन्त्री बन्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १३ गते


काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाइँदै छ ।

अर्थ मन्त्रीमा डा.स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको स्रोतले जानकारी दिएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ । अरुको पनि लगभग टुंगिसकेको छ ।

सम्भावित मन्त्रीको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् । यद्यपि यसको औपचारिक रुपमा पुष्टि हुन सकेको छैन ।

मन्त्री बन्नेहरुलाई सभापति रवि लामिछाने, बालेन र उनको सचिवालयका सदस्यले फोन गरेर र एसएमएस पठाएर जानकारी दिइसकेको स्रोतले बतायो ।

आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।


प्रतिकृया दिनुहोस्