Skip

Hamro Sanchar

रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा आजपनि सुनुवाइ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १२ गते


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटउपर आज पनि सर्वोच्चमा सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहेको यो मुद्दाको सुनुवाइ केही दिनयता निरन्तर भइरहेको छ ।

यसअघि मंगलबार रिट निवेदकको तर्फबाट बहस भएको थियो । आज महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलहरू जवाफी बहसमा उतारिँदै छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेको हकमा अभियोगपत्र संशोधनको निर्णय गरेकी थिइन् । आलोचना बढेपछि २ माघमा अरु सबै आरोपितहरूको हकमा अभियोगपत्र संशोधनको निर्णय लिएकी थिइन् । सर्वोच्चले यसअघि महान्यायाधिवक्ता कार्यालयको मुद्दा फिर्तासम्बन्धी निर्णयको कागजात मगाइसकेको छ


प्रतिकृया दिनुहोस्