
काठमाडौं । जेनजी आन्दोलनका बखत प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाकर्मीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बताएका छन्
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिँदै उनले सुरक्षाकर्मीलाई निर्देशन दिने विभागीय निकाय गृह मन्त्रालय रहने भन्दै आन्दोलनकारीको दमनमा प्रधानमन्त्री जवाफदेही नहुने बयान दिएका हुन् ।
प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन यसका लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रुपमा नै रहन्छ,ओलीले आयोगलाई भनेका छन्,तर्कपूर्ण ढंगले प्रधानमन्त्री यस विषयमा जवाफदेही हुँदैन ।
राज्यका तीनवटै अंगमा आगजनी र तोडफोड गर्ने क्रियाकलापमा संलग्नलाई बयान नलिएको भन्दै ओलीले आयोगप्रति प्रश्न समेत गरेका छन् ।
देशको प्रशासनिक केन्द्र सिंहदरबार न्याय निरूपणको थलो सर्वोच्च अदालतमा मिसिल खोजी खोजी जलाइयो । त्यसमा संलग्नहरूको बयान आयोगद्वारा लिइएको छु जनआस्थाले बाह्रखरीलाई उपलब्ध गराएको प्रतिवेदनमा ओलीको प्रश्न उल्लेख छ ।
ओलीले तोडफोड र आगजनीमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने आयोगसमक्ष बताएका छन् ।














