
चैत १३ गते दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्रीको सपथ लिने
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बोलेन शाहले चैत १३ गते मध्यान्ह साढे १२ बजे सपथ लिने भएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा सपथ लिएपछि बालेन शाह सवा २ बजे सिँहदरबार जाने तयारी गरेका छन् । चैत १३ गते नेपालले इतिहासमा सबैभन्दा कम उमेरको प्रधानमन्त्रीका रुपमा बालेनलाई पाउने छ ।
आजसम्म हरेक सरकारबाट धोका र निरासा मात्रै पाउँदै आएका जनताले यसपाली बालेनलाई रोजेका छन् । के बालेनले जनताको आशा, भरोसालाई सम्मान गर्लान र यो देशमा जरो गाडेर बसेको भ्ष्टाचार, बेतिथिको अन्त्य गर्लान त त्यो भने हेर्न बाँकी नै छ ।














