Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कुलमान भन्छन् : म मन्त्री बन्दैछु भनेर गलत भ्रम फैलाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


Advertisement

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत नगरेको बताएका छन्।

नयाँ बन्न लागेको सरकारमा सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणीप्रति उनले खण्डन गरेका हुन्।

‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु। जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन,’ उनले भनेका छन्।
सरकारमा सहभागिताबारे आफ्नो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको उनले प्रष्ट पारेका छन्।

‘हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं। सुशासन र समृद्धि सहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ। हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु,’ उनले भनेका छन्।

 

 


प्रतिकृया दिनुहोस्