Skip

Hamro Sanchar

कांग्रेसमा गगनको ‘कमव्याक’ : पुगे सानेपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १० गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने पार्टी मुख्यालय सानेपा पुगेका छन् ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले राजीनामा अस्वीकृत गरेसँगै आजको बैठकका लागि उनी पार्टी कार्यालय आइपुगेका छन् ।

प्रतिनिधि सभाको चुनावमा आफूसहित पार्टीले लज्जास्पद हार व्यहोरेपछि नैतिक जिम्मेवारी लिने उल्लेखसहित राजीनामा दिएका थिए ।

राजीनामा अस्वीकृत भएपछि आज पहिलो पटक बैठकमा सहभागी हुने पुगेका थाले प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक औपचारिक रूपमा आफ्नो धारणा राख्दै छन्।

सभापतिको सम्बोधनपछि आजको बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने जनाइएको छ ।


प्रतिकृया दिनुहोस्