Skip

Hamro Sanchar

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १० गते


डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका=३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो ।

दुर्घटना राति करिब रााढे १२ बजे भएको हो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ । मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।


प्रतिकृया दिनुहोस्