Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरू बोलाइएको छ।

गत शुक्रबारदेखि आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो। सभापति थापाको राजीनामापछि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले फागुन २१ को चुनावी पराजयको प्रारम्भीक समीक्षा गरेको थियो।

भोलि सभापति थापाकै सभापतित्वमा बैठक बस्ने जनाइएको छ। भोलि बस्ने बैठकले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको नेताहरूले बताएका छन्।


प्रतिकृया दिनुहोस्