Skip

Hamro Sanchar

होर्मुज खोल्न इरानलाइ ट्रम्पको २४ घण्टे अल्टिमेटम, उर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ८ गते


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् ।

उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तोकिएको समयभित्र मार्ग नखुले अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाउने र सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण सुरु गरिने चेतावनी दिएका हुन् ।

यसैबीच इरानले पनि कडा प्रतिक्रिया दिएको छ । इरानी सेनाले आफ्ना विद्युत् केन्द्रमा आक्रमण भए मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलसँग सम्बन्धित ऊर्जा संरचनामाथि प्रतिकार गर्ने चेतावनी दिएको हो ।

इरानको खातम अल अनबिया केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीले समुद्री पानीलाई मीठो बनाउने प्लान्ट र सूचना प्रविधि संरचनासमेत निशानामा पर्ने बताएका छन् ।

अहिलेसम्म भने विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ताका कारण अमेरिकाले इरानका ऊर्जा संरचनामाथि प्रत्यक्ष आक्रमण गर्नबाट जोगिँदै आएको छ ।


प्रतिकृया दिनुहोस्