Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पद्यमालाई महावीरको चेतावनी :  आफ्ना नेता जस्तो मुर्ख नबन्नु, जनताले ठेगान लाउलान्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ८ गते


Advertisement

काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले एमाले नेतृ पद्यमा अर्याललाई मुखभरिको जवाफ दिएका छन् । एमाले नेतृ अर्यालले नयाँ शक्ति र युवालाई ‘तह लगाउने’ अभिव्यक्ति दिएपछि सांसद पुन आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनले भनेका छन्“युवालाई हैन, अब जनता पुराना सोचका नेताहरूलाई तह लगाउँदैछन्।”

पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुराना दलका नेताहरूलाई ‘अहङ्कारी’ र ‘यथार्थबाट टाढा’ भएको आरोप लगाए । “आफ्ना नेताले सिकाएजस्तो स्वाँठ र मूर्ख नबन्नू,” भन्दै उनले पद्मा अर्यालमाथि सीधा प्रहार गरेका छन्।

उनको भनाइमा अहिलेको पुस्ता पहिलेभन्दा धेरै सचेत, चलाख र निर्णायक छ। “नयाँलाई दबाउने कुरा गर्नेहरूलाई अब युवाले नै जवाफ दिन्छन्,” उनले स्पष्ट पारे।

हालैको निर्वाचनलाई उदाहरण दिँदै पुनले नयाँ पुस्ताले पुराना दलहरूलाई झट्का दिइसकेको बता ए। उनले समानुपातिक कोटाबाट आएका नेताहरूलाई लक्षित गर्दै “अहङ्कार छोड्न” समेत चेतावनी दिएका छन्।

पुनले भनेका छन्, समय बदलिएको छ, तर पुराना नेताहरूको सोच अझै उहीँ अड्किएको छ । “अब सहकार्य नगरे, जनता आफैंले हिसाब मिलाउँछन्,” उनको चेतावनी छ ।

 


प्रतिकृया दिनुहोस्