
काठमाडौं । नेपाली कांग्रेसका निर्वमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।
देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। देउवाको सचिवायले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गर्नु भएको छ।’
उनी पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको जनाइएको छ। ‘सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारीक कार्यक्रममा सहभागि हुन उहाँ हङकङ जानु भएको हो,’ सचिवालयले भनेको छ।
हङकङमा थप उपचार गरेर देउवा स्वदेश फर्किने जनाइएको छ। सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको छ।’
देउवा पछिल्लो पटक स्वास्थ्य उपचारका लागि गत फागुन १४ गते सिंगापुर प्रस्थान गरेका थिए। जेनजी आन्दोलन भएको आक्रमणबाट घाइते भएका देउवा दम्पतिको सिंगापुरमै उपचार भएको थियो।
पछिल्लो पटक ‘फलोअप’का लागि सिंगापुर गएका उनी उतैबाट हङकङ प्रस्थान गरेका हुन् ।














