Skip

Hamro Sanchar

दाउन्ने सडक पूर्ण अवरुद्ध, बुटवल-पाल्पा सडकमा गयो पहिरो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ७ गते


काठमाडौं । वर्षापछिको पहिरोले नारायणगढ=बुटवलअन्तर्गत दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

भारी वर्षापछि बाटो चिप्लो भएका कारण दुर्वतर्फका सवारीसाधान चल्न सकेका छैनन् । ती सवारीलाई पाल्टा रुट हुँदै डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

यता सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल=पाल्पाको सिद्धबाबा क्षेत्रमा पनि लेदोसहितको ढुंगामाटो झरेकाले दुवैतर्फको बाटो बन्द भएको छ ।

अनावश्यक यात्रा नगर्न र गर्नै परे ट्राफिक व्यवस्थापन बुटवल, जिल्ला ट्राफिक कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्याल नवलपरासी (पश्चिम)बाट सूचना लिएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्