Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा दिउँसै अँध्यारो, देशभर असिना सहित वर्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ६ गते


Advertisement

काठमाडौं । एकाएक शुक्रबार दिउँसो असिनासँगै पानी परेपछि काठमाडौँलाई अँध्यारोले छोपेको छ।

शुक्रबार दिउँसो पौने ३ बजेदेखि पानी पर्न थालेको हो। काठमाडौँलगायत देशका विभिन्न भागमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कतिपय ठाउँमा मेघगर्जनसहित असिना परेको छ। तराई क्षेत्रमा भने हुरीबतास पनि चलेको छ।

काठमाडौँमा मेघगर्जनसहित असिना पानी पर्दा दिउँसै अँध्यारो छाएको छ। कतिपय ठाउँमा बत्ती बाल्नु परेको छ। सडकका भित्रि गल्लीमा भने सडक बत्ती बाल्नुपरेको हो।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा पानी परिरहेको जनाएको छ। विशेषगरी बागमती पश्चिमका क्षेत्रमा पानी परिरहेको छ।


प्रतिकृया दिनुहोस्